एनआरएनए रोमानियाको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न

इनेप्लिज २०७२ भदौ ६ गते २०:१७ मा प्रकाशित

nrn logo

प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको चौथो राष्ट्रिय महाधिवेशन सफलताका साथ आज रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत रुपमा १५ सदस्यीय नयाँ कार्य समिति २०१५-२०१७ गठन गर्दै कार्यसमितिले अन्तराष्ट्रिय समन्वय परिषद सदस्य भनें पछी तोक्ने निर्णय ग-यो ।

गैर—आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोपका संयोजक अर्जुन श्रेष्ठले हार्दिक शुभकामना पठाउनु भएको थियो भनें सह-संयोजक सोम सापकोटाको पहलमा महाधिबेशन सम्पन्न भएको थियो। राष्ट्रिय महाधिवेशनले एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेललाई चौथो पटक सर्वसम्मतबाट पुन: अध्यक्ष पदमा चयन गरेको छ। यसका साथै कार्यसमितिले अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य नतोकेसम्म अध्यक्ष पोखरेल गैर आवासिय नेपाली संघको केन्द्रीय समितिसंगका सम्पर्क व्यक्ति पनि रहनु भएको छ। महाधिवेशनमा रोमानिया स्थित विभिन्न समाजिक, राजनीतिक संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी, पत्रकार सहित रोमानियामा बसोबास गर्नु हुने नेपालीहरुको सहभागिता रहेको थियो ।

महाधिबेशन सम्पन्न भए पश्च्यात यूरोप क्षेत्रका संयोजक अर्जुन श्रेष्ठ, सह-संयोजक सोम सापकोटा आइसीसीका सदस्यज्यूहरू तथा गैर—आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्षज्यूहरू लगायत एनआरएनका मित्रहरूले हार्दिक बधाई दिई नयाँ कार्य समितिलाई भाईवर मार्फत शुभकामना पठाउनु भएको थियो ।

रोमानियाका बिभिन्न शहरमा अध्ययन र कामको खोजिमा आउनु भएका दाजुभाई तथा दिदि वहिनीहरुको प्रयासबाट सन् २००९ मा एनआरएनए रोमानियाको स्थापना भएको थियो। गैरआवासीय नेपाली संघले केवल स्थापनामा मात्र सिमित नभई नेपाली एकताको सन्देशहरु यहा बसोबास गर्दै आएका नेपाली बीच फैलाउनुका साथै सबै नेपालीहरुको साझा संगठनको रुपमा काम गरिरहेको छ।

समितिका अध्यक्ष नवराज पोखरेलले आफू सन १९८६ देखि रोमानियाको बुखारेस्ट शहरमा बसोबास गर्दै आएको र विभिन्न औपचारिक कार्यक्रमहरुमा नेपाल सरकारको नेतृत्व गर्दै दुइ देश बीचको बैदेशिक सम्बन्धलाई नजिक बनाउदै आएको कुरा जानकारी गराउनु भयो। नेपाल र रोमानिया बिचको मैत्री सम्बन्ध सन १९६८ को अप्रिल २० तारेखदेखि शुरू भएको हो। हाल सम्म दुबै राष्ट्रहरू बीच मैत्री सम्बन्ध कायम भएता पनि नेपाली कुटनैतिक संस्थाको स्थापना नभएको कारणले मस्को स्थित नेपाली राजदूताबास मार्फत नेपाल सरकारसंग रोमानियाको मैत्री सम्बन्ध कायम हुदै आएको छ ।

२०१५-२०१७ का लागि नव गठित कार्य समितिमा अध्यक्षः नवराज पोखरेल ;उपाध्यक्ष: आलोक साह ;महासचिवः श्रीकृष्ण पुरी ;सचिवः खगेन्द्र अधिकारी; कोषाध्यक्षः खुमलाल भुसाल;युवा संयोजकः रितेश कर्माचार्य तथा महिला संयोजकमा रीता थापा निर्वाचित भएका छन् l

यसै गरि सदस्यहरुमा डा.अमित रिजाल ,मुक्तिराज कोइराला ,राजन के.सी.,गीता तामांग,जेनी गुरुङ ,बीरेन्द्र सिंह ,होमबहादुर परियार तथा सुशन बर्देवा निर्वाचित भएका छन् l

प्रतिक्रिया