करिब ३८ करोड सामाजिक सुरक्षा भत्ता

इनेप्लिज २०७२ भदौ ६ गते २:१२ मा प्रकाशित

भद्रपुर, ६ भदौ । जिविस झापाले आव २०७१/७२ नगरपालिका र गाविसमार्फत जिल्लाभरिका ५२ हजार ५७९ जना ज्येष्ठ नागरिक, अपाङ्गता भएका, लोपोन्मुख आदिवासी जनजाति र दलित बालबालिकालाई कुल रु ३७ करोड ९३ लाख १२ हजार पाँच सय सामाजिक सुरक्षा भत्ता वितरण गरेका छ ।

प्राप्त बजेटमा रु ४४ लाख ५९ हजार २० वितरण हुन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया