पशुमा कृत्रिम गर्भाधान सेवाप्रति कृषक आकर्षित
इनेप्लिज
२०७२ भदौ ६ गते १:५७ मा प्रकाशित
रामपुर(पाल्पा), ६ भदौ । गाईभैंसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दो छ ।
जिल्लाका १६ स्थानबाट दिइएको सेवाबाट गाई र भैंसीमा कृत्रिम गर्भाधान गर्ने कृषकको सङ्ख्या बढेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । जिल्लामा आव २०४२/०४३ सालदेखि पशुमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । आव २०७०/०७१ को तथ्याङ्कअनुसार भैंसी एक हजार ४३, गाई एक हजार चार सय ८३ र बाख्रा एक सय २६ छ भने ०७१/०७२ मा भैंसी एक हजार एक सय ७४, गाई एक हजार छ सय ४२ र बाख्रा २४ वटामा कृत्रिम गर्भाधान सेवा दिइएको जिल्ला पशु सेवा कार्यालयका पशुचिकित्सक डा उत्तम आचार्यले बताउनुभयो ।
कृत्रिम गर्भाधान गराइएका गाईभंैसीको दूधको उत्पादन पनि बढेको पाइएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया