राहत रकम र परिचयपत्र धमाधम फिर्ता
बनेपा, ५ भदौ । काभ्रेपलाञ्चोकमा नक्कली भूकम्पपीडितले राहतस्वरुप लिएको रु १५ हजार नगद र परिचयपत्र कार्ड धमाधम फिर्ता गर्न लागेका छन् ।
नक्कली भूकम्पपीडितको नाममा परेका झन्डै ३०० उजुरीमध्ये करिब २०० ले आफूहरुलाई जानकारी नभएर राहत लिएको भन्दै जिल्लाको अधिकांश गाविसमा नै राहत रकम र परिचयपत्र फिर्ता गरिरहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत अर्जुन रिजालले जानकारी दिनुभयो ।
उहाँले सबैभन्दा बढी पात्लेखेत गाविसमा करिब ३० जनाको उजुरी परेको र काभ्रे, नासिकास्थान, चण्डेनीमण्डन, महादेवस्थानलगायत अधिकांश गाविसमा भूकम्पपीडितको नाममा लिएको रकम अहिलेसम्म झन्डै रु ३० लाख फिर्ता भएको बताउनुभयो ।
उजुरी परेपछि बोलाएर बयान लिइयो तर अधिकांशले जानकारी नभएर र केहीले फिर्ता गर्नका लागि समय माग गरेको पाइयो प्रशासकीय अधिकृत रिजालले भन्नुभयो ।
उहाँले जिल्लाको दुर्गम गाविस मानिने महाभारत शृङ्खलाडाँडापारी र कोसीपारीका गाविसबाट समेत नक्कली भूकम्पपीडितको नाममा उजुरी परेको जानकारी दिँदै सम्बन्धित गाविसलाई नै फिर्ता गर्न पत्राचार गरिएको बताउनुभयो ।
नक्कली भूकम्पपीडितको नाममा राहत लिने अधिकांश काठमाडौँमा बस्ने र जिल्लामा पुरानो घर भएका धेरै भएकोसमेत प्रशासकीय अधिकृत रिजालको भनाइ छ ।
अझै पनि छानबिन भइरहेको छ र फिर्ता गर्ने क्रम पनि जारी छ उहाँले भन्नुभयो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया