महिलाले चन्दा सङ्कलन गरेर मलामी विश्रामगृह र शवदाह स्थल निर्माण
तुलसीपुर (दाङ), ५ भदौ । तुलसीपुरनगरपालिका–१० का महिलाले चन्दा सङ्कलन गरेर मलामीका लागि विश्रामगृह र शवदाह स्थल निर्माण गरी दिएका छन् ।
स्थानीय पुष्पाञ्जलि महिला समूहमार्फत उनीहरुले तुलसीपुरस्थित पातुखोलामा रहेको विष्णुघाटमा रु १० लाखको लागतमा मलामी विश्रामगृह र शवदाह स्थल निर्माण गरेका हुन् । सो वडाका २० जना महिलाले पुष्पाञ्जलि महिला समूह गठन गरी उक्त कामको सुरुवाता तीन वर्ष पहिले गरेका हुन् ।
यसका लागि महिलाले स्थानीय व्यापारी, बुद्धिजीवी, सरकारी निकाय, सङ्घ संस्थालगायतका स्वच्छिक चन्दा सङ्कलन अभियान सञ्चालन गरेका थिए ।
मलामी विश्रामगृह र शवदाह स्थल निर्माण समितिका संयोजक एवम् पुष्पाञ्जलि महिला समूहकी अध्यक्ष सुशीला भट्टराईले आफूहरुले विगत तीन वर्षदेखि थालेको उक्त काम अहिले सम्पन्न भएको बताउनुभयो ।
यो अभियानमा तपाईहरु खास लाग्नुको कारण केहो त भन्ने राससको जिज्ञासामा संयोजक भट्टराइले भन्नुभयो “गाउँमा कसैको मृत्यु भएमा स्थानीय पातुखोलामा जहाँँपायो त्यही लगेर दाहसंस्कार गरिने, खोलाको पानीमा दाउराका कोइला बगेर पानी फोहर हुने र मलामीले पनि घामपानीको सास्ती खेप्नुपरेको देखेपछि भित्रैदेखि मलामीका लागि विश्रामगृह र शवदाह निर्माण गरौं भन्ने सोच आयो र सोहीअनुरुप कामको थालनी गर्यौँ । यो सामाजिक काम पनि भएकाले चन्दा दिनेले पनि निकै खुसी भएर दियो । ”
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया