गाईजात्रा पर्व चलाउन नगरपालिकाद्वारा २३ लाख वितरण

इनेप्लिज २०७२ भदौ ५ गते २:४१ मा प्रकाशित

भक्तपुर, ५ भदौ । गत वैशाख १२ गते र २९ गतेको परकम्पमा परेर ज्यान गुमाएका परिवारलाई शुक्रबार भक्तपुर नगरपालिकाले रु २३ लाख वितरण गरेको छ ।

भूकम्पमा ज्यान गुमाएका परिवारले आउँदो गाईजात्रा पर्वमा सहजरुपमा गाईजात्रा मनाउन सकुन् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाभित्रका २३४ परिवारलाई प्रति परिवार रु १० हजारका दरले राहत रकम वितरण गरेको हो ।

गाईजात्रा पर्वमा मृतक परिवारले गाईजात्रा निकाल्नु पर्ने तर जात्रा सञ्चालन गर्न रकम अभाव हुने भएकाले नगरपालिकाले नगरभित्रका प्रत्येक मृतक परिवारलाई रकम वितरण गरेको नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिनुभयो ।

सभासद् एवम् भक्तपुर नगरपालिकाका पूर्व प्रमुख प्रेम सुवालले पीडित परिवारलाई रकम प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सभासद् सुवाल, भक्तपुर नगरपालिकाका सूचना अधिकृत गौतम लासिवा, रवीन्द्र खर्बुजाले नगरपालिकाले प्रदान गरेको सो राहत रकमबाट जात्राको निरन्तरतालाई टेवा पुर्‍याउने बताउनुभयो ।

प्रतिक्रिया