तनहुँका चार गाविसमा अझै पुगेन मोटरबाटो
इनेप्लिज
२०७२ भदौ ५ गते २:३८ मा प्रकाशित
तनहुँ, ५ भदौ । तनहुँका ४० गाविसमध्ये चार गाविसमा अझै मोटरबाटो पुग्न सकेको छैन ।
जिल्ला विकास समिति तनहुँले दिएको जानकारीअनुसार जिल्लाको कोटा, छिपछिपे, छिम्केश्वरी र देवघाट गाविसमा मोटरबाटो पुग्न नसकेको हो ।
सदरमुकामदेखि छिपछिपे ४० किलोमिटर, कोटा ५० किलोमिटर, छिम्केश्वरी ३६ किलोमिटर र देवघाट ५९ किलोमिटर दूरीमा रहेको सडक विस्तारका लागि जिल्ला विकास समिति र गाउँ विकास समितिले बजेट विनियोजन नै नगरी दिँदा ती गाविसमा मोटरमार्ग पुग्न नसकेको देवघाट निवासी पत्रकार सङ्गम सापकोटाले बताउनुभयो ।
उक्त क्षेत्रमा मोटरमार्ग पुग्न नसक्दा देवघाटमा रहेको देवघाटधाम, छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जस्ता धार्मिक स्थल र कोटा र छिपछिपेमा रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको र उत्पादित वस्तुसमेत बजारसमक्ष पु¥याउन कठिनाइ बनेको बताइएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया