पूर्व प्रम नेपाल र मन्त्री पण्डितद्वारा अस्पतालमा मन्त्री बस्नेतसँग भेट

इनेप्लिज २०७२ भदौ ४ गते १४:०३ मा प्रकाशित

Rss_Images_1440165503468_RG-Bhaktapur-Mantri Basnetभक्तपुर, ४ भदौ । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आज अस्पतालमा पुगेर उद्योग मन्त्री महेश बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

क्रोनिक एपेन्डिक्सको शल्यक्रिया गरी भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार गराइरहनुभएका मन्त्री बस्नेतसँग नेपाल र पण्डितले फरकफरक समयमा भेट गरी मन्त्री बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

भेटमा मन्त्री बस्नेतले आफ्नो स्वास्थ्यमा निकै सुधार भएकाले दुई दिनभित्र घर फर्कने बताउनुभयो ।

अस्पतालका सञ्चालक नवीन श्रेष्ठले मन्त्री बस्नेतको अवस्थामा निकै सुधार आएकाले दुई दिनपछि घर पठाउने तयारी भएको बताउनुभयो ।

प्रतिक्रिया