सात सङ्घीय प्रदेशमा सहमति
इनेप्लिज
२०७२ भदौ ४ गते १३:५३ मा प्रकाशित
काठमाडौँ, ४ भदौ । प्रमुख राजनीतिक दलबीच सात सङ्घीय प्रदेश बनाउने सहमति भएको छ ।
सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी) र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का शीर्ष नेताको बैठकले सो सहमति गरेको हो । सहमतिअनुसार २ नं प्रदेशमा रहेको पर्साको ठोरी गाविसलाई ३ नं प्रदेशमा समावेश गरिने भएको छ । फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको भने यसमा फरक मत रहेको छ ।
त्यसैगरी हुम्ला कर्णाली नदीको पूर्वी भागलाई ६ नं प्रदेश र पश्चिम भागलाई ७ नं प्रदेश कायम गरिएको विशेष समितिका संयोजक डा बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया