बाढीले पुल बगाएपछि करिब दुई सय पचास विद्यार्थी प्रभावित
कञ्चनपुर, ४ भदौ । कञ्चनपुरको बेलडाँडी गाविसमा पर्ने झर्नाखोलामा स्थानीय बासिन्दाले श्रमदान गरी बनाएको काठको पुल बाढीले बगाएपछि करिब दुई सय पचास विद्यार्थी प्रभावित भएका छन् ।
बाढीले बेल्डाँडी–बेलौरी जोड्ने पुल बगाँउदा सो क्षेत्रका विद्यार्थी समस्यामा परेका हुन् । पुल बगेपछि खोलामा बाढी आएका बेला विद्यार्थीले घरमै बस्नुपर्ने अवस्था सृजना भएको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर सिंहले बताउनुभयो ।
खोलामा रहेको पुल बगेपछि २५० भन्दा बढी विद्यार्थी प्रत्यक्ष मर्कामा परेको उहाँले भन्नुभयो । पक्की पुल निर्माणका लागि गाविस, जिविस लगायतका निकायमा पुगे पनि पुल निर्माण हुन नसक्दा बालबालिकालाई विद्यालय पढाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घबहादुर शाहले बताउनुभयो ।
बगाएको पुल निर्माणका लागि विद्यालयले सामुदायिक वनलगायत यहाँका निकायसँग समन्वयको प्रयास गरिरहेको जनाए पनि लगातारको वर्षाका कारण पुल निर्माणको कार्य अगाडि बढ्न सकेको छैन । बेल्डाँडी–९ र बेलौरी नगरपालिका–१२ का स्थानीयवासीले समेत सो स्थानमा पुल नभएका कारण समस्या खेप्दै आएका छन् ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया