डुबानमा परेका पचासी परिवारलाई सुरक्षित स्थानमा सारियो
पथरी (मोरङ), ४ भदौ । मोरङको बक्राहा नुनसरी खोलाको बाँध फुटेर डुबानमा परेका चारवटा गाविसका ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक तारणीप्रसाद लम्सालका अनुसार मधुमल्ला गाविसको ५, ६ र ८ नम्बर वडामा डुबानमा परेका ८५ घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भदौ ३ गते राति पहाडी क्षेत्रमा परेको वर्षाका कारण मोरङको मधुमल्ला–५ कसेनीमा रहेको बक्राहा नुनसरी खोलाको बाँध पुनः फुटेको थियो ।
त्यस्तै गत असार १५ गते मध्यरातमा बक्राहा नुनसरी नदीको बा“ध फुटेर बस्तीमा पसेको थियो । जसका कारण मधुमल्ला–४, ५, ६ र ८ का करिब दुई हजार परिवार प्रभावित भएका थिए । अघिल्लो पटकको बाढीले दिएको पीडा भुल्दै गएका मधुमल्लावासीमा पुनः पीडा थपिएको छ ।
बस्तीभन्दा खोला उच्च स्थानमा पर्दै जानु नै समस्याको मूल कारण भएको स्थानीयवासी नवराज कुइँकेल बताउनुहुन्छ । जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरका प्रमुख भिलानन्द यादवले स्थानीयवासीको अवरोधका कारण कसेनीमा बाँध पुनः फुटेको दाबी गर्नुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया