जाजरकोटमा पहिरोको डरले चवालीस घर विस्थापित
इनेप्लिज
२०७२ भदौ ४ गते २:०१ मा प्रकाशित
जाजरकोट, ४ भदौ । जिल्लाका विभिन्न गाविसमा पहिरोको कारण ४४ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्लाको ढिमे गाविस–६ मा परे नेपाली, दलबहादुर तिरुवा, तुल्सी तिरुवा, सर्जन तिरुवा, अवे तिरुवा, रत्न रोकाय, तुल्से रोकाय, ढिमे–३ मा परवीर खड्का, उज्जल खड्का, तुले खड्का र नरबहादुर खड्काको घर पहिरोको जोखिममा परेको भन्दै सुरक्षित स्थानमा गोड बनाएर बसेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
त्यस्तै अछानी–९ टापुचौरमा सात घरधुरी पहिरोले घर जोखिममा परेको भन्दै विस्थापित भएका छन् । ढिमेकंै वडा नं ३ को भारमा मा ३० घर जोखिममा परेर पाल हालेर खुल्ला आकाशमा बसेको प्रहरीले बताएको छ । विस्थापित जिल्ला प्रशासन कार्यालयमा राहतका लागि आएको प्रजिअ गौतमले बताउनुभयो ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया