यो फर्सि ?
इनेप्लिज
२०७२ भदौ ३ गते १६:५६ मा प्रकाशित

संबिधान जस्तै छ यो किन टिप्न पर्यो
लटकिएर बसेको छ फोटो खिच्न पर्यो
झर्ला, खाउला भन्ने आश मनमा छ सब्को
यो झरे ‘नि त्यो झर्दैन किन घिच्न पर्यो
केरा हैन कुरी बस्न यस्को छैन बुङ्गो
संबिधान आश गर्दा मुटु मिच्न पर्यो
प्रतिक्रिया