सोमबार, जेठ ९ २०७९
काठमाडौं ०२:०९
वासिङटन डिसी 16:24

वर्षा भएपछि किसान रोपाइँमा व्यस्त

इनेप्लिज २०७२ भदौ ३ गते ४:४३ मा प्रकाशित

ropai1विराटनगर, ३ भदौ । लामो समयको अन्तरालपछि खेतीयोग्य वर्षा भएपछि पूर्वी क्षेत्रका किसान आज बिहानैदेखि धानबालीको रोपाइँमा व्यस्त भएका छन् ।

बुधबार अपराह्न धान रोपाइँ गर्न सकिने खालको वर्षा भएको र गएरातिदेखि झरीको रुपमा यतिखेर वर्षा भइरहेका छन् । पूर्वी क्षेत्रको सप्तरी र सिरहामा पचास प्रतिशतभन्दा बढी खेतमा रोपाइँ हुन सकेको छैन । यो वर्षा ती दुई जिल्लाका किसानलाई बढी फाइदा पुग्ने विश्वास गरिएको छ ।

साथै झापा, मोरङ, सुनसरीका साथै पूर्वी पहाडी क्षेत्रका किसान पनि वर्षाबाट लाभान्वित भएका छन् । यसअघि रोपाइँ भएका धानबाली सुक्ने अवस्थामा पुग्न लागेको समयमा यो वर्षाले धानबालीलाई फाइदा पु¥याएको किसान रामधनी यादवले बताउनुभयो ।

प्रतिक्रिया