इनरुवा, ३ भदौ । सुनसरी जिल्ला आव २०७१/७२ मा ५५ वटा नयाँ सहकारी सङ्घसंस्था दर्ता भएका छन् ।
सो आवमा सूचना तथा सञ्चार सहकारी सङ्घ एक र बचत तथा ऋण सहकारी संस्था १८, कृषि सहकारी संस्था ३२, स्वास्थ्य सेवा सहकारी संस्था एउटा, पशुपालन सहकारी संस्था एउटा र लघु उद्यम सहकारी संस्था दुई गरी ५५ वटा संस्था दर्ता भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीका सहकारी निरीक्षक श्यामप्रसाद दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहरी क्षेत्रमा सहकारी सङ्घसंस्था दर्तामा रोक लगाएको कारण न्यून मात्रामा दर्ता भएको छ भने ग्रामीण क्षेत्रमा बढी मात्रामा दर्ता भएको छ । जिल्लामा हाल ६२७ वटा सहकारी सङ्घसंस्था रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया