सप्तरीमा कफ्र्यु हटाइयो, स्थिति शान्त

इनेप्लिज २०७२ भदौ २ गते ४:३२ मा प्रकाशित

Saptari_district_locationसप्तरी, २ भदौ । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रण गर्ने उद्देश्यले सप्तरीको भारदहमा मङ्गलबारदेखि लगाएको कफ्र्यु आज बिहानबाट हटाएको छ ।

मङ्गलबार बिहान प्रहरी र मोर्चाको कार्यकर्ताबीच झडप हुदाँ एक स्थानीयवासीको मृत्युका कारण त्यहाँको स्थिति तनावग्रस्त भएपछि स्थिति नियन्त्रण गर्न मङ्गलबार बेलुका ४ देखि आज बिहान ५ बजेसम्मका लागि भारदह क्षेत्रमा कफ्र्यु लगाएको थियो ।

उक्त क्षेत्रमा स्थिति शान्त देखिएकाले आज बिहानबाट कफ्र्यु हटाएको हो ।

प्रतिक्रिया