सैन्य आधारभूत तालिम सम्पन्न
भीमदत्तनगर, २ भदौ । नेपाली सेनाको श्री नं २५ वाहिनी अड्डामा सञ्चालित नौ महिने सिंसम ११औँ सैन्य आधारभूत तालिम एक कार्यक्रमबीच हिजो समापन भएको छ ।
सैन्य तालिममा सर्वोत्कृष्ट प्रशिक्षार्थी प्रकाश नाथसहित विभिन्न विधामा उत्कृष्ट हुनेलाई कार्यक्रममा सम्मान गरिएको छ । सो अवसरमा अड्डाका वाहिनीपति सहायक रथी ताराविक्रम शाहले देश र जनताको सेवामा नेपाली सेनाको गरिमालाई ध्यानमा राखी समर्पित हुन सैन्यलाई निर्देशनसमेत दिनुभयो ।
“सिपाही बलियो भए, सेना बलियो हुन्छ”, उहाँले भन्नुभयो–“सेना बलियो भए देश बलियो हुने कुरामा सबै बफादार हुनुपर्छ ।” “आधारभूत तालिम सैनिक जीवनको सुरुवात मात्रै हो”, शाहले भन्नुभयो–“आगामी दिनमा पनि नयाँ तालिम÷प्रशिक्षणमा सहभागी हुनुपर्छ ।”
गत कात्तिक २३ गतेदेखि सुरु भएको उक्त तालिममा ९६ सैन्य सहभागी थिए । कार्यक्रममा सैन्यले अन्तिम दलिल कवाज प्रस्तुत गरेका थिए ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया