युवाद्वारा बन्दकोे विरोध

इनेप्लिज २०७२ भदौ २ गते २:३९ मा प्रकाशित

Bandaपथरी (मोरङ), २ भदौ । विभिन्न मधेसवादी दलले गरेको बन्दका क्रममा प्रदर्शनकर्ता अराजक भएको भन्दै मोरङका विभिन्न सङ्घसङ्गठनले विरोध गरेका छन् ।

युवा सङ्घ नेपाल मोरङ, तरुणदल मोरङ, वाइसिएल मोरङ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङ र मोरङ ट्याक्सी व्यवसायी सङ्घ लगायतका सङ्घसङ्गठनले बन्दको विरोध गरेका हुन् ।

उनीहरुले मधेसवादी दलका प्रदर्शनकर्ता अराजक भएको र आन्दोलनलाई व्यक्तिगत रिस साँध्न प्रयोग गरेको आरोपसमेत लगाएका छन् । युवा सङ्घ मोरङका अध्यक्ष मुकेश बुढाथोकीले प्रदर्शनकर्ताले आफ्नो घरमा तोडफोड गरेको आरोप लगाउनुभयो । नेतृत्वकर्ताको उपस्थिति बिना र ब्यानर झन्डा बिना झुन्डमा आएका प्रदर्शनकर्ताले आफ्नो घरमा तोडफोड गर्नुका साथै आफूमाथि पनि आक्रमण गरेकाले गाउँले प्रतिकारमा उत्रेको उहाँले बताउनुभयो । वाइसिएल र तरुण दलका नेताले बन्दको विरोध गर्दै विकल्प खोजिनुपर्ने भन्दै बन्दमा व्यक्तिगत रिस साँध्ने किसिमको प्रवृत्ति बढ्दै गएकाले त्यस्ता काम रोकिनुपर्ने बताउनुभयो ।

यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङ र मोरङ ट्याक्सी व्यवसायी सङ्घले बन्दले गर्दा आफूहरुको रोजीरोटी नै गुम्ने अवस्थामा पुगेको भन्दै बन्दको विकल्प खोज्न आग्रह गरेका छन् ।

प्रतिक्रिया