प्रहरीको निगरानी बढेपछि क्षमताभन्दा बढी यात्रु बोक्ने क्रम रोकियो
पाल्पा, २ भदौ । जिल्लामा प्रहरीको निगरानी बढेपछि सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्न रोकिएको छ ।
साना तथा ठूला सवारीसाधनमा सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्नेमाथि कारबाही गर्न थालेपछि क्षमताभन्दा बढी यात्रु बोक्ने क्रम रोकिएको पाल्पाका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सेनाले बताउनुभयो ।
जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा सञ्चालित सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्दै आएका थिए । सिट सङ्ख्याभन्दा बढी यात्रु बोकेर यात्रा गर्ने सवारीचालकमाथि सवारीचालक अनुमतिपत्रमा प्वाल पारिदिने गरेकाले सिट सङ्ख्यामा मात्र यात्रु बोक्न थालेका हुन् ।
पहिलोपटक जरिवाना गर्ने र पटकपटक अटेर गरेमा अनुमतिपत्रमा नै प्वाल पारीदिन थालेपछि पाल्पाका सवारीसाधनले सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्न छोडेका हुन् ।
प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेपछि सडकसडकमा निगरानी अभियान सञ्चालन गरेको छ । निगरानी अभियानसँगै सवारीचालकले क्षमताभन्दा बढी यात्रु बोक्न छाडेका हुन् । सिट सङ्ख्या पूरा भएपछि बीच बाटो यात्रु चढाउन पनि छाडेका छन् । जसले गर्दा दुर्घटनामा कमी र दुर्घटना भए पनि मानवीय क्षतिमा समेत कमी आएको जिल्ला प्रहरी कार्यालय पाल्पाको दाबी छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया