चोरी नियन्त्रण गर्न स्थानीयवासीले रात्रि गस्ती सुरु गरे

इनेप्लिज २०७२ भदौ २ गते १:४२ मा प्रकाशित

Morang_district_location_mapपथरी (मोरङ), २ भदौ । एक हप्तामा तीनवटा चोरी घटना घटेपछि मोरङको उर्लाबारी—१ आइतबारेका स्थानीयवासीले रात्रि गस्ती सुरु गरेका छन् ।

राति ९ देखि १२ बजेसम्म रात्रि गस्ती गर्न थालिएको तीन दिन भएको छ । सृजनशील एकता युवा क्लबको अगुवाइमा भएको गस्तीमा युवायुवती तथा ज्येष्ठ नागरिकको उल्लेख सहभागिता रहने गरेको छ । गस्तीमा सशस्त्र प्रहरी बेस क्याम्प र इप्रका उर्लाबारीको हातेमालो रहेको इप्रका उर्लावारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

एक हप्तामा मोटरसाइकल, गरगहना, नगद चोरी हुन थालेपछि गस्ती सुरु गरिएको क्लबका उपाध्यक्ष विनोद दाहालले बताउनुभयो ।

प्रतिक्रिया