गैंडाकोटस्थित जयश्री खोलामा बेलिब्रिज बन्यो

इनेप्लिज २०७२ भदौ १ गते १५:५८ मा प्रकाशित

Rss_Images_1439912821262_BG-Parasi-Belibirijकावासोती, १ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोटस्थित जयश्री खोलामा बेलिब्रिज बनेको छ ।

साउन दोस्रो सातामा जयश्री खोलामा पुल भाँच्चिएपछि डाइभर्सनबाट सवारी साधन चल्दै आएकोमा आजदेखि बेलिब्रिजबाट सवारी साधन गुड्न थालेका छन् ।

डाइभर्सन र बेलिब्रिजमा झण्डै रु ६० लाख रकम खर्चमा पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले तीन साता लगाएर काम गरेको हो । “पोखराबाट बेलिब्रिज ल्याएर काम थालेको १३ दिनमा सवारी साधन सुचारु गर्न सक्यौं,” सव इन्जिनियर विष्णु खनालले भन्नुभयो, “नयाँ पुल निर्माण गर्न दुई वर्ष जति लाग्ने भएकाले बेलिब्रिज बनाएका हौं ।”

बेलिब्रिजबाट ५० टनभन्दा बढी लोडको सवारी साधन भने गुडाउन नमिल्ने उहाँले जानकारी दिनुभयो ।

जयश्रीखोलामा ओभरलोडका सवारी गुड्दा साउन ११ मा पुल भाँचिएको थियो । पुल भाँचिएपछि डाइभर्सन निर्माण गरिएको छ । डाइभर्सन नजिकैबाट २४.३८ मिटर लामो बेलिब्रिज निर्माण भएको हो ।

प्रतिक्रिया