प्रधानमन्त्रीद्वारा विष्फोटको निन्दा

इनेप्लिज २०७२ भदौ १ गते १५:५४ मा प्रकाशित

Nepal-Prime-Minister-Sushil-Koiralaकाठमाडौँ, १ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले थाइल्यान्डको राजधानी बैँककस्थित धार्मिकस्थल बाहिर भएको बम विष्फोटको कडा शब्दमा निन्दा गर्दै विष्फोटमा परी निर्दोष मानिसले ज्यान गुमाएकामा गहिरो दुःख व्यक्त व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चालाई आज एक सन्देश पठाउँदै नेपाल सरकार र नेपाली जनताका तर्फबाट मृतकका परिवारजन र इष्टमित्रप्रति हार्दिक सहानुभूति एवम् समवेदना व्यक्त गर्नुभएको छ । साथै, उहाँले सन्देशमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

“हिंसा शान्ति, स्थायित्व, प्रजातन्त्र र विकासको साझा बाधक हो, अपराधमा संलग्नसँग कठोर रुपमा प्रस्तुत हुनुपर्छ र तिनलाई कानुनको कठघरामा उभ्याउनुपर्छ” सन्देशमा प्रधानमन्त्री कोइरालाले भन्नुभएको छ ।

प्रतिक्रिया