उपचारको अभावमा पाटनमा दर्जनौँ भेडाबाख्रा मरे
जाजरकोट, १ भदौ । जिल्लाको उत्तरी भेकमा रहेको दुर्गम रोकायगाउँ गाविसमा पर्ने पाटनमा प्रकोप फैलिएपछि दर्जनौँ भेडाबाख्रा मरेका छन् ।
असारको दोस्रो हप्तादेखि साउनको अन्तिमसम्म पाटनमा फैलिएको प्रकोपबाट दर्जनाँै भेडाबाख्रा मरेका हुन् ।
रोकायगाउँ गाविस वडा १, २ र जुम्ला जिल्लाको संयुक्त पाटनमा भेडा राखिएको स्थानमा पातलो मल मूत्र भएको प्रकोप फैलिएर दर्जनाँै भेडा मरेको रोकायगाउँ–१ का जयबहादुर रोकायले बताउनुभयो । यो क्षेत्रका किसानको मुख्य पेसा नै पशुपालन भेडा र बाख्रा रहेको छ । रोकायले आफ्नो मात्र ३० वटा, तुलबहादुर रोकायका २५ वटा, दलजीत महरका २४ र लालबहादुर रोकायका २२ वटा भेडा उक्त रोगले मरेको जानकारी दिनुभयो ।
जिल्लाको उत्तरी भेकमा रहेको उक्त पाटनमा फैलिएको प्रकोपले निकै ठूलो सङ्ख्यामा बाख्रा, भेडाको क्षति भएको सूचना प्राप्त भएपछि प्राथमिक उपचार लागि चाहिने औषधि र उपकरणसहित पशु प्राविधिकलाई पठाइसकेको जिल्ला पशुसेवा कार्यालय प्रमुख डा गुरुप्रसाद खकुरालले जानकारी दिनुभयो ।
त्यसैगरी साउन १ गतेदेखि ३२ गतेसम्म परेको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा आएको बाढीपहिरोबाट ६४ पशुचौपाया मरेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।
साथै जिल्लाका विभिन्न स्थानमा ७९ रोपनी जग्गामा रहेको अन्नबालीलाई बाढीपहिरोले नष्ट गरेको जिल्ला प्रहरी कार्यालयको सूचना विभागले जनाएको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया