बुधबार, असार ९ २०७८
काठमाडौं २३:३९
वासिङटन डिसी 13:54

दुर्गम मङ्गलेखानीमा आमा समूहको भवन निर्माण

इनेप्लिज २०७२ भदौ १ गते ४:४५ मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, १ भदौ । म्याग्दीको दुर्गम कुईनेमङ्गले–९ मङ्गलेखानीमा रहेको श्रीकृष्ण आमा समूहको भवन निर्माण गरिएको छ । जिल्ला विकास समितिको रु पाँच लाख सहयोग र स्थानीय श्रमदान गरी रु छ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

जिविसअन्तर्गत रहेको आदिवासी जनजाति समन्वय समितिका उपाध्यक्ष ओम छन्त्यालले नवनिर्मित भवनको उद्घाटन गर्दै गाउँ र समाज विकासमा महिलाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सो कार्यक्रम आमा समूहकी अध्यक्ष लक्ष्मी छन्त्यालको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया