इप्रका रत्ननगरमा अपाङ्गमैत्री सहायता कक्ष स्थापना

इनेप्लिज २०७२ भदौ १ गते ४:४४ मा प्रकाशित

apangaरत्ननगर (चितवन), १ भदौ । इलाका प्रहरी कार्यालय रत्ननगरले यहाँ अपाङ्ग मैत्री सहायता कक्ष स्थापना गरेको छ ।

सेवा लिन आएको सेवाग्राहीलाई सहयोग गर्ने उद्देश्यले चितवनका प्रहरी कार्यालयमा पहिलो पटक अपाङ्गमैत्री सहायता कक्षा स्थापना गरिएको कार्यालयका प्रमुख टीकाबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो कक्षामा अपाङ्गता भएका पनि सोझै ह्विलचियरमा आउन सक्ने गरी सहायता कक्षा स्थापना गरिएको हो ।

निर्माण व्यवसायी सङ्घको सहयोगमा स्थापना गरिएको उक्त कक्ष निर्माण गर्न झन्डै रु एक लाख लागेको बताइएको छ ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले प्रहरी कार्यालयमै अपाङ्गमैत्री कक्षा स्थापना हुन खुसीको कुरा भएको बताउँदै यस्ता कक्ष हरेक कार्यालयमा आवश्यक छ भन्नुभयो ।

प्रतिक्रिया