बसमा आगजनी

इनेप्लिज २०७२ साउन ३२ गते १५:२९ मा प्रकाशित

Accident-at-Ghantagharलहान, ३२ साउन । आमहडताल गरेका संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्ताले आज साँझ सिरहाको मिर्चैयास्थित घुर्मी खोला नजिक एक यात्रु बसमा आगजनी गरेका छन् ।

आमहडतालका क्रममा पूर्वपश्चिम राजमार्ग सिरहाको बन्दीपुरलगायत स्थानमा रोकिएका सवारीलाई साँझ ६ बजेतिर सिरहा प्रहरीले सुरक्षा दिँदै गन्तव्यसम्म पठाउन लागेका बेला मोर्चाका नेता कार्यकर्ताले काठमाडाँै–राजविराज चल्ने ना ५ख ४४२९ नंको बसमा आगजनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्याल सिरहाका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

आगजनीपछि अहिले प्रहरी र प्रदर्शनकारीबीच सो स्थानमा झडप जारी रहेकाले आगजनीबाट बसमा के कति क्षति भएको यकिन भइनसकेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । दुबै पक्षको झडपका कारण अहिले सो क्षेत्र तनावग्रस्त छ ।

प्रदर्शनकारीले ना ५ ख २७१ नंको मुस्कान डिलक्स, ना४ ख ४५३६ नंको आरती डिलक्सलगायत एक दर्जन सवारी साधनमा तोडफोडसमेत गरेका छन् ।

यसअघि आजै बजार बन्द गराउने क्रममा मिर्चैयाबाट सङ्घीय समाजवादी फोरम नेपालका सभासद् वीरेन्द महतोसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया