शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:३३
वासिङटन डिसी 15:48

झापामा बन्दकर्ताले दुईवटा मारुती भान तोडफोड

इनेप्लिज २०७२ साउन ३२ गते १५:१९ मा प्रकाशित

काँकडभिट्टा (झापा), ३२ साउन । झापाको धुलाबारीमा आज बन्दकर्ताले दुईवटा मारुती भान तोडफोड गरेका छन् ।

पूर्वपश्चिम राजमार्गको धुलाबारी सडकखण्डमा ४ बजे बन्दकर्ताले मे१ज १६४१ र मे१ज ६३४ नं को भान तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तोडफोडका क्रममा मे१ज ६३४ नं को चालक चन्द्र कुँवर घाइते भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । अन्य यात्रुलाई भने बन्दकर्ताले भानबाहिर निकालेका थिए । काठमाडौँबाट भद्रपुर एअरपोर्ट हुँदै भारतको सिलगुडी जाने यात्रु लिएर काँकडभिट्टा जाने क्रममा बन्दकर्ताले भान तोडफोड गरेका थिए ।

प्रतिक्रिया