उपप्रधानमन्त्री गौतमद्वारा मन्त्री बस्नेतसँग भेटी स्वास्थ्य अवस्थाबारे जानकारी
भक्तपुर, ३२ साउन । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले भक्तपुरको गट्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा पुगेर त्यहाँ उपचार गराइरहनुभएका उद्योगमन्त्री महेश बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।
आज दिउँसो अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री गौतमले आइतबार क्रोनिक एपेन्डिसाइडको शल्यक्रिया गरेर आइसियुमा उपचार गराइरहनुभएका मन्त्री बस्नेतसँग भेट गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
आजै नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, एमाले नेता कृष्णगोपाल श्रेष्ठ, प्रहरीनायब महानिरीक्षकद्वय जयबहादुर चन्द, नवराज सिलवाललगायतले अस्पताल पुगेर मन्त्री बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।
अस्पतालका निर्देशक गोपी न्यौपानेले मन्त्री बस्नेतको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिँदै अझै चार दिन अस्पतालमा राखेर उपचार गरिने बताउनुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया