राजविराज सिँचाइ डिभिजन कार्यालयमा आगजनी
इनेप्लिज
२०७२ साउन ३२ गते १४:५७ मा प्रकाशित
सप्तरी, ३२ साउन । सप्तरीको राजविराज–९ स्थित राजदेवीमा रहेको सिँचाइ डिभिजन कार्यालय–२ मा आज दिउँसो अज्ञात व्यक्तिको एक समूहले आगजनी गरेको छ ।
सात÷आठजनाको समूहमा आएका समूहले कार्यालयको प्राविधिक कार्यकक्षमा मट्टितेर छर्केर आगजनी गर्दा कार्यालयमा रहेको टेबुल दुई र कुर्सी तीनवटा तथा टेबुलमा राखिएका केही महत्वपूर्ण कागजात पूर्ण रुपमा जलेको निमित्त कार्यालय प्रमुख सूर्यनारायण ठाकुरले बताउनुभयो ।
साथै सो समूहले कार्यालयसँगै जोडिएको डिभिजन कार्यालय –४ मा कार्यालय प्रमुख बस्ने कोठामा समेत आगजनीको प्रयास गरेको प्रमुख ठाकुरले जानकारी दिनुभयो ।
कसले किन कार्यालयमा आगजनी गरेको खुल्न नसकेको र दोषी फरार भएकाले उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरीनायब निरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
प्रतिक्रिया