ट्याक्टरको ठक्करबाट पन्ध्र वर्षीया बालिकाको मृत्यु

इनेप्लिज २०७२ साउन ३२ गते १४:५२ मा प्रकाशित

tractorकलैया, ३२ साउन । बारा हरैया–१ रामनगरमा आज दिउँसो ट्याक्टरको ठक्करबाट हरैया–३ मधुवन बस्ने पलट हजराको १५ वर्षीया छोरी फुलकुमारी पासवानको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाराको काटघाटमा रहेको सहजनाथ महादेवको मन्दिरमा आज सोमबार लागेको मेला हेरी आफ्नो दाजु राजेश पासवानसँग ग३प ३९३३ नम्बरको मोटरसाइकलबाट आइरहेको र सोही दिशाबाट आइरहेको ना३त २९०२ नम्बरको ट्याक्टरलाई उछिन्ने क्रममा ट्याक्टरले ठक्कर दिएको थियो । चालक फरार भएका छन् भने ट्याक्टर प्रहरी चौकी मधुवनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया