मोरङ–सुनसरी औद्योगिक करिडोरमा तीस करोडको नोक्सान

इनेप्लिज २०७२ साउन ३२ गते १०:४९ मा प्रकाशित

पथरी (मोरङ), ३२ साउन । नेपाल बन्दका कारण हिजो र आज मोरङ–सुनसरी आद्यौगिक करिडोर क्षेत्रमा ३० करोड घाटा भएको उद्योग सङ्गठन मोरङले जनाएको छ ।

उद्योग सङ्गठनका कार्यकारी सचिव सोम अधिकारीले सवारी साधन नचलेपछि उद्योगमा काम गर्ने मजदुर नआएको बताउनुभयो । बन्दकर्ताले उद्योगमै गएर बन्द गर्न लगाएपछि उत्पादित वस्तु निर्यात गर्न नसकिएको हो । भारतबाट आयात गरिएको वस्तु यातायात बन्दका कारण भन्सार नाकामै थन्किएर बसेको थियो ।

“उद्योगीले करिडोर क्षेत्रमा दैनिक रु १५ करोडको नोक्सानी व्यहोर्नु पर्‍यो” – उहाँले भन्नुभयो ।

उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालले बन्द हडतालको विकल्प खोज्नुपर्ने बताउनुभयो । बन्द हडताल, चक्काजाम र विद्युत् भार कटौतीले गर्दा उद्योगधन्दालाई धेरै मार परेको छ ।

मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा ५०० उद्योगधन्दा सञ्चालित छन् ।

प्रतिक्रिया