शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:१९
वासिङटन डिसी 14:34

बन्द गराउँदै हिँडेका ८० जना पक्राउ

इनेप्लिज २०७२ साउन ३२ गते ८:४१ मा प्रकाशित

pakrau-काठमाडौँ, ३२ साउन । जबर्जस्ती बन्द गराउँदै हिँडेका ८० जनालाई राजधानीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको रत्नपार्क, असनबाट ७२ र ललितपुरबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले राससलाई जानकारी दिनुभयो ।

बन्दकर्ताले कालीमाटीमा भारतीय नम्बर प्लेटको एक बुलेरो, चाबहिलमा एक सार्वजनिक बस र पाटनमा एक निजी भ्यानमाथि तोडफोड गरेको उहाँले बताउनुभयो ।

अघिल्लो दिनको तुलनामा आज उपत्यकाको जनजीवन सामान्य छ । निजी तथा भाडाका सवारी साधन केही सङ्ख्यामा चलेका छन् ।

प्रतिक्रिया