तीन दिनको बन्दले जनजीवन अस्तव्यस्त
इनेप्लिज
२०७२ साउन ३२ गते ४:३५ मा प्रकाशित
विराटनगर, ३२ साउन । सीमाङ्कनको विरोधमा ३३ दलीय मोर्चाले गरेको बन्दका कारण तेस्रो दिन पनि आज पूर्वाञ्चल क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।
पूर्व–पश्चिमराजमार्ग, कोसी राजमार्गलगायत सहायक मार्गमा सार्वजनिक यातायातका साधन ठप्प भएपछि सयौँ यात्रु अलपत्र अवस्थामा छन् ।
पूर्वको नौ जिल्लामा स्वायत्त लिम्बूवान राज्य हुनुपर्ने माग राखी लिम्बूवानवादी पार्टीले गरेका बन्दले मेची अञ्चल पनि बिहानैदेखि पूर्णरुपले प्रभावित भएको छ ।
विराटनगर बजारमा छिटफुट रुपमा मोटरसाइकल गुडिरहेका छन् भने अन्य सवारीसाधनमा अतिआवश्यक सेवा बाहेकका गाडी बन्द छन् ।
लगातार दुई दिनदेखि शिक्षणसंस्था, बजार र कलकारखानासमेत ठप्प अवस्थामा छन् ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार बिहान ९ः३० बजेसम्म कुनै प्रकारका अप्रिय घटना भएको छैन् ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया