सप्तकोसी नदीको पानीको बहाव यस वर्षकै उच्च

इनेप्लिज २०७२ साउन ३१ गते १५:३१ मा प्रकाशित

koshiइनरुवा, ३१ साउन । नेपालको सबैभन्दा ठूलो नदीको रुपमा रहेको सप्तकोसी नदीमा आज यस वर्षकै सबैभन्दा बढी पानीको बहाव रहेको छ ।

पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षा भएकाले कोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको हो ।

कोसीमा यस वर्षकै उच्च पानीको बहाव रहेको कोसी ब्यारेज प्रहरीले जनाएको छ । कोसी नदीको पानीको बहाव आज गरिएको मापनअनुसार यस वर्षकै सबभन्दा उच्च एक लाख ५५ हजार २०० क्युसेक प्रतिसेकेन्ड रहेको र ब्यारेजका २१ ढोका खुला राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया