रिक्सा सञ्चालनका लागि आचारसंहिता
लुम्बिनी (रुपन्देही), ३१ साउन । अब रिक्सा सञ्चालनका लागि पनि आचारसंहिता लागू हुने भएको छ ।
रिक्सा सञ्चालनमा विभिन्न समस्या र विकृति बढेपछि सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका रिक्सालाई व्यवस्थित गर्न ११ बुदे आचारसंहिता जारी गरिएको छ ।
सिद्धार्थ सामुदायिक सेवा केन्द्र एवम् सामुदायीक प्रहरीको अगुवाइ तथा सिद्धार्थनगर नगरपालिकाको संयोजनमा भैरहवामा सम्पन्न सरोकारवालाको बैठकले रिक्सा व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन आचारसंहिता जारी गरेको हो ।
आचारसंहिताअनुसार अब सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र सञ्चालित रिक्सा नगपालिकामा अनिवार्य रुपमा दर्ता गराउनुपर्ने छ । यसरी दर्ता भएका रिक्सालाई रिक्सा व्यवसायी समितिले परिचयपत्र दिनेछ । उक्त परिचयपत्र रिक्सा चालकले अनिवार्य रुपमा साथमा लिएको हुनुपर्नेछ ।
यस्तै, दुर्घटनाबाट बच्न रिक्सामा अनिवार्य रुपमा रिफ्लेक्टर स्टिकर टाँसिने छ । रिक्सा भाडामा एकरुपता ल्याउन भाडा निर्धारण समिति गठन गरी उक्त समितिले निर्धारण गरेको भाडा लागू गरिने कार्यालयले जनाएको छ । आचारसंहितामा रिक्सालाई जथाभावी पार्किङ गर्न निषेध गरिएको छ ।
मदिरा सेवन गरी रिक्सा चलाएमा वा तोकिएभन्दा बढी भाडा लिएका त्यस्ता रिक्सा चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरी जरिवाना गराउने वा थुनामा राख्ने दुवै सजाय गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । रिक्साचालकलाई सचेत बनाउन ट्राफिक प्रहरीले प्रशिक्षणसमेत दिने छ ।
फोहोर मैला बोक्ने रिक्साले जथाभावी फोहोर फाल्न पाउने छैन । नगरपालिकाले तोकेको मापदण्ड र आचारसंहिता बाहिर गएर सञ्चालन गरिए स्थानीय निकायको नियमअनुसार कारवाही गर्ने निर्णय भएको नगरपालिकाका वरिष्ठ अधिकृत विवेक खनालले जानकारी दिनुभयो ।
रिक्सा चालक र रिक्सामा सवार दुवै पक्षले एक अर्कामा सभ्य र शिष्ट भाषाको प्रयोग गरिनुपर्नेमा समेत जोड दिइएको छ ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया