पल्लव साहित्य प्रतिष्ठानको प्रेस विज्ञप्ति

इनेप्लिज २०७२ साउन २९ गते १४:१२ मा प्रकाशित

            स्रष्टा सम्मान तथा पुरस्कार हस्तान्तरण कार्यक्रमबारे

उपर्युक्त विषयमा यस ‘पल्लव साहित्य प्रतिष्ठान’, चितवनले हरेक साल आफ्नो वाषिर्क कार्यक्रममा ‘स्रष्टा सम्मान, पुरस्कार वितरण, कृति विमोचन’ तथा ‘साहित्य गोष्ठी’ कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यसै सर्न्दर्भमा यसपटक पनि उक्त कार्यक्रमका गर्नका निमित्त प्रतिष्ठानका संस्थापक अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ को अध्यक्षतामा मिति २०७२ साउन ११ गते बसेको सम्मान तथा पुरस्कार छनौट समितिको निर्ण्र्ााे तपसील बमोजिमका व्यक्तित्वहरूको नाम चयन गरेको छ ब्यहोरा जानकारी गराउँदछु ः

पल्लव सम्मान-२०७२ द्वारा सम्मानित एवम् पुरस्कृत स्रष्टाहरू ः
१)      बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान – गदाधर पौडेल तुलसीपुर, दाङ ।
२)      शेषनाथ लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान – वासुदेव पाण्डे ‘प्रभाकर’, बैतडी, हालः सुर्खेत ।
३)      काजीमान तथा नन्दकुमारी/शान्तकुमारी श्रेष्ठ रत्न पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य साहित्य सम्मान – डमरूबल्लभ भण्डारी, इनरुवा-१०, सुनसरी ।
४)      केदारनाथ रिजाल तथा गुणकुमारी र रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् ‘पल्लव राष्ट्रिय साहित्य सम्मान’ – मुकुन्द प्रयास, धनकुटा ।
५       युसुफदिन-हलिमा पुरस्कार एवम् ‘पल्लव राष्ट्रिय साहित्य सम्मान’ – धर्मराज अर्याल, भरतपुर-१०, हाकिमचोक, चितवन ।
६       ‘पल्लव साहित्यिक पत्रिका’ बारेमा शोध गर्ने शोधकर्ता शारदा खतिवडा, भरतपुर-११, चितवन । उक्त कार्यक्रमका बीच निम्नानुसारका कृतिहरु पनि लोर्कापण हुनेछ ।

विमोचन हुन गइरहेका कृति र कृतिकारहरू ः
१       पालुङ, मकवानपुर निवासी बिर्खे अञ्जानद्वारा लिखित ‘अवसान सपना’ कवितासङ्ग्रह
२       तुलसीपुर दाङ निवासी भवानी न्यौपाने ‘भावना’ द्वारा लिखित ‘भावनाका बिम्बहरू’ कवितासङ्ग्रह
३       माधवपुर, चितवन निवासी केशवराज ‘आमोदी’द्वारा लिखित ‘जल-तरङ्ग’ सिद्धान्त र प्रयोगमा आधारित गजलकाव्य
४       नारायण्गढ, चितवन निवासी युसुफदिन मियाँ ‘पाल्पाली’ द्वारा लिखित ‘नबीको महिमा’ नाअ्त, मन, कबत, हम्द र सलाममा आधारित सङ्ग्रह
५       र.न.पा.-१४, पिठुवा, चितवन निवासी केदार कुशलद्वारा लिखित ‘कुशल गोरेटो’ गजलङ्ग्रह
६       गैँडाकोट निवासी गोविन्दराज ‘विनोदी’द्वारा लिखित ‘हिमस्पर्श’ अनुष्टुप्माला, कविताङ्ग्रह, दोस्रो संस्क.
७       नारायण्गढ, चितवन निवासी ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ द्वारा लिखित ‘आत्मालाप’ कविताङ्ग्रह

साथमा ‘पल्लव साहित्य प्रतिष्ठान’ को मुखपत्रका रूपमा रहेको ‘पल्लव साहित्यिक पत्रिका’ को २० सौँ अङ्क छन्दविशेषको लोकार्पण तथा काव्य पाठ आदि कार्यक्रमहरू रहेका छन् ।

माथि उल्लिखित सम्पूर्ण कार्यक्रमहरू २०७२ साल भाद्र १० गते, विहीबारका दिन लायन्स बिल्डिङ्ग, लायन्सचोकको प्रेक्षालयमा हुने ब्यहोरा पनि जानकारी गराउँदछु ।

. . . . . . .
गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने)
अध्यक्षः पल्लव साहित्य प्रतिष्ठान
विशालमार्ग, नारायणगढ, चितवन

प्रतिक्रिया