मालपोत अधिकृतलाई कालोमोसो

इनेप्लिज २०७२ साउन २९ गते १२:२५ मा प्रकाशित

kalomosoविराटनगर, २९ साउन । नेकपा–माओवादीका कार्यकर्ताहरुले आज विराटनगरस्थित मालपोत कार्यालयको कार्यकक्षमा एकजना अधिकृतलाई कालोमोसो दलेका छन् ।

सेवाग्राहीका रुपमा प्रवेश गरेका दुईजनाले मालपोत अधिकृत कुमार आचार्यलाई कार्यालयस्थलमै कालोमोसो दलेको सो कार्यालयका प्रमुख नरेन्द्र पौडेलले जानकारी गराउनुभयो ।

दुईवटा मोटरसाइकलमा आएका चारजनामध्ये दुईजना कार्यकक्षमा प्रवेश गरेका र अन्य दुईजना मोटरसाइकल चालु अवस्थामा राखी बसेका थिए । उनीहरु कालोमोसो दलेर सोही मोटरसाइकलबाट भागेका थिए ।

मालपोत कार्यालयका कर्मचारीहरुले एक विज्ञप्ति जारी गरी कर्मचारीमाथि अभद्र र अमानवीय व्यवहार भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरी ११ः५० बजेदेखि कामकाज ठप्प पारेका छन् ।

प्रतिक्रिया