चितवनमा बन्दको खासै असर परेन

इनेप्लिज २०७२ साउन २९ गते १२:०९ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), २९ साउन । थारु कल्याणकारिणी सभा चितवनले आजदेखि जिल्लामा बन्द आह्वान गरे पनि यहाँ खासै असर परेको छैन ।

चितवनका बजार खुलेका छन् भने सवारी साधन पनि सञ्चालनमा रहेका छन् । स्थानीय दूरीका सवारीमा भने केही प्रभाव परेको देखिएको छ ।

लामो दूरीका सवारी, म्याजिक भ्यान, मोटरसाइकल भने निर्वाध रुपमा सञ्चालन भइरहेको छ ।

थारुसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले थरुहट क्षेत्र बन्द गरी आन्दोलन गर्दै आएका थिए । तर चितवन थरुहट क्षेत्रमा परे पनि चितवनमा असर परेको थिएन । आजबाट भने बन्द गर्ने भन्दै सभाले विज्ञप्तिमार्फत बन्द आह्वान गरेको घोषणा गरेको थियो ।

भरतपुर क्षेत्रमा बन्दकर्तासमेत देखिएका छैनन् ।

यसअघि थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थारु सभासद् सङ्घर्ष समिति र थरुहट संयुक्त सङ्घर्ष समितिले थरुहट क्षेत्रमा आन्दोलन गर्दै आएका थिए ।
उनीहरुले चितवनलाई प्रादेशिक राजधानी बनाउन माग गरेका छन् ।

प्रतिक्रिया