सोमबार, असार ७ २०७८
काठमाडौं ०३:२७
वासिङटन डिसी 17:42

कमिला नी पङ्ख चलाई मिटिङ गर्दै छ, हुन्छ हुन्न भन्नेहरु दौड धुप गर्दै छ

इनेप्लिज २०७२ साउन २८ गते १८:३८ मा प्रकाशित

Capture

धर्ति तात्यो आकास तात्यो समाज तात्दै छ

N S T को चुनावले डालस जाग्दै छ
कमिला नी पङ्ख चलाई मिटिङ गर्दै छ
हुन्छ हुन्न भन्नेहरु दौड धुप गर्दै छ

मुसाहरु दुलो भित्र चल्बलाउदै होलान
कोठे बैठक बडाएर सल्बलाउदै होलान
समाज सेबी मित्रहरु चटपटाउदै होलान
यो सहरका ठुलाबडा धेरै तात्दै होलान

स्वच्छ मनका मान्छे हरु चिन्ता लीदै होलान
आफ्नै कुरा लादन खोज्ने छ्टपटाउदै होलान
हाम्रो होइन राम्रो मान्छे यो समाजमा होलान
कुन साथीले ले यो सहरमा सबको मन छोलान

कोठे बैठक बन्द गरि खुला ठाउँ रोजम
तेरो मेरो भन्ने भन्दा सबलाई एक ठाउँ बोलाउ
अनुभबी अनुशासित काम गर्ने लाइ खोजम्
चल्बलाउने सल्बलाउने खराब काम छोडम्

प्रजातान्त्रिक पद्दती लाइ हामी सबले रोजम
बिकल्प त देख्दिन म त्यसैलाई छोडम्
सबै वर्ग महिला पुरुष राम्रो टिम जोडम्
इतिहासले साम्झि राख्ने राम्रो म्यासेज छोडम्

उत्तम लामिछाने- NRNA टेक्सास च्याप्टर अध्यक्ष हुन् I

प्रतिक्रिया