सेतीको पुल नजिकैबाट खसेको ट्र्याक्टर पानीमै हरायो

इनेप्लिज २०७२ साउन २८ गते १५:०९ मा प्रकाशित

लेखनाथ, २८ साउन । लेखनाथ नगरपालिका–१ स्थित पट्नेरीमा रहेको सेतीको पुल नजिकैबाट नदीमा खसेको ट्र्याक्टर हराएको छ ।

ग १ त ११६१ नम्वरको बालुवा बोकेको ट्र्याक्टर बागमारा पशुपती घाटबाट बालुवा लिएर आउने क्रममा आज चिरगादी पुलछेउबाट तल खसेको हो । ट्र्याक्टरमा रहेका चालक र सहचालकसहित अन्य दुई जना सामान्य घाइते रहेका छन् ।

ट्र्याक्टरको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय गगनगौँडाका प्रमुख उज्ज्वल पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया