अवैध चाँदीसहित एक भारतीय नागरिक नियन्त्रणमा

इनेप्लिज २०७२ साउन २८ गते १४:२४ मा प्रकाशित

Silvarपर्सा, २८ साउन । अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जले वीरगन्जबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगन्जको नगवाबाट १० केजी अवैध चाँदीका गरगहनासहित भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको हो । रु छ लाख ५७ हजार मुल्य बराबरको चाँदीका गहनासहित भारत बिहारको नरकटीयागन्जका ३८ वर्षीय मुन्नाकुमार सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।
चाँदीसहित पक्राउ परेका सोनारलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको अञ्चल प्रहरी कार्यालय वीरगन्जले जनाएको छ ।

चाँदीको गहना लिएर रक्सौलबाट पैदल आउँदै गरेका सोनारलाई नगवास्थित बाइपास सडकबाट पक्राउ गरिएको अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मनोज न्यौपानेले जानकारी दिनुभयो ।

रक्सौलबाट भन्सार छलेर ल्याइएको चाँदीको गहना काठमाडाँै लैजाने क्रममा सोनारलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया