डिभी र पिआरमा कडाइ गरेपछि जागिर छाड्नेको सङ्ख्या बढ्यो
काठमाडौँ, २७ साउन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआरमा कडाइ गरेपछि निजामती क्षेत्र छाड्नेको सङ्ख्या बढेको बताउनुभएको छ ।
संवाद क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले निजामती ऐनको चौँथो संशोधन पारित भएपछि आफ्नो मातृभूमि छाड्ने कर्मचारी लाइन लाग्न थालेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “निजामती क्षेत्रका उच्च पदस्थ कर्मचारी, नेपाल प्रहरीलगायत कर्मचारीले रातारात आफ्नो जागिर छाडेर भाग्दै छन्, नेपालमा डिभी र पिआर हुनेको सङ्ख्या १० हजारभन्दा बढी छ ।”
उहाँले आगामी १० वर्षभित्र कामका लागि कुनै पनि नेपाली विदेशिनु नपर्ने वातावरण सिर्जना गर्न श्रम ऐन संशोधनको तयारीमा लागेको बताउनुभयो ।
मन्त्री पण्डितले अबको १५/२० दिनमा सङ्घीय लोकतान्त्रिक संविधान जारी हुने बताउँदै मुलुकले फड्को मार्न लागेको बेलामा अलिअलि द्वन्द्व हुनु स्वभाविक भएको विचार व्यक्त गर्नु भयो ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया