जुस खान दिएर दिउँसै लुटपाट

इनेप्लिज २०७२ साउन २७ गते १२:३८ मा प्रकाशित

Mango-Juice-221x295सुरुङ्गा (झापा), २७ साउन । झापाको बिर्तामोडस्थित बुधबारे हटिया भर्न आएकी एक महिला आज दिउँसै लुटिएकी छिन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले दिएको जानकारीअनुसार कनकाई नगरपालिका–२ की ६० वर्षीया नन्दमाया अधिकारी बुधबारे हटियाबाट दिउसै लुटिएकी हुन् । उनलाई दुईजना अपरिचित युवकले जुस खान दिएर कानमा लगाएको सुनका गहना लुटेर लगेका थिए ।

लुटेराहरुले अधिकारीलाई ‘हजूरलाई गर्मी भएछ जुस खानुहोस्’ भन्दै जुस खान दिएको र पछि उनले लगाएका सुनका गहना लुटेर भागेको बताइएको छ । प्रहरीबाट लुटेराहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया