गोल्जुङ पूर्ण खोप गाविस घोषणा

इनेप्लिज २०७२ साउन २७ गते ४:५५ मा प्रकाशित

vaccination_20130420095812धुन्चे (रसुवा), २७ साउन । उत्तरी क्षेत्रको गोल्जुङ गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको छ ।

उक्त गाविसमा जन्मेका दुई वर्षमुनिका ४४ बालबालिकालाई रोगसँग लड्ने क्षमताको सबै प्रकारका खोप लगाउने कार्य पूरा भएको र गर्भवतीले समेत आफ्नो गर्भ जाँच गराउने परिपाटीको विकास भइसकेकाले पूर्ण खोप र गर्भवतीयुक्त गाविस घोषणा मङ्गलबार गरिएको वरिष्ठ जिल्ला स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

यस्तै एकीकृत रुपमा गोल्जुङ गाविसलाई पूर्ण साक्षर, छुवाछूत र बालविवाहका साथै खुल्ला दिसामुक्त क्षेत्रसमेत घोषणा गरिएको जिविस रसुवाले जनाएको छ । भूकम्पले गाउँसमाजलाई त्रसित वातावरण सृजना गरे पनि गोल्जुङ गाविसले देखाएको सदासयतालाई उच्च मूल्याङ्कन गर्दै सबै विषयको पूर्णता दिइसकेको र जिल्लाका सबै गाविसमा यस्ता किसिमका घोषणा गर्ने वातावरण सृजना गर्न जिल्लावासीसँग आग्रह गरिएको छ ।

यही साउन ३० गतेदेखि नौ दिनसम्म जिल्लाका सबै वडाका पाँच वर्षमुनिका बालबालिकालाई रुबेला तथा दादुराको खोप दिइने कार्यनीति तय भइसकेकाले सबै बालबालिकालाई खोप केन्द्रमा लैजान आग्रह पनि जिल्ला स्वास्थ्य कार्यालयले गरेको छ ।

प्रतिक्रिया