विद्यालयका कक्षा कोठा मर्मतका लागि सहयोग गर्न छलफल

इनेप्लिज २०७२ साउन २६ गते २:३९ मा प्रकाशित

ललितपुर, २६ साउन । ललितपुरको मङ्गलबजारस्थित आदर्श कन्या निकेतन अलुम्नीद्वारा गत वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त भएका सो विद्यालयका कक्षा कोठा मर्मतका लागि सहयोगार्थ हिजो यहाँ छलफल कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा अलुम्नीको सदस्यता नवीकरण गर्न र नयाँ सदस्य बनाउन र आजीवन सदस्य हुने सम्बन्धमा अलुम्नीको सदस्यबीच छलफल भएको थियो ।
आदर्श कन्या निकेतन अलुम्नीका उपाध्यक्ष शान्ता खड्गीले सो विद्यालय र अलुम्नीको बारे जानकारी गराउनुका साथै छलफल कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।
अलुम्नीका अध्यक्ष शारदा श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा अलुम्नीको चौथोँ वार्षिक साधारणसभा असोजको पहिलो हप्ता हुने जानकारी गराइयो ।
आदर्श कन्या निकेतनबाट एसएलसी उत्तीर्ण गरेका पूर्व विद्यार्थीले विसं २०६८ मा अलुम्नीको स्थापना गरेको हो ।

प्रतिक्रिया