शुक्रबार, असार ४ २०७८
काठमाडौं ०५:१५
वासिङटन डिसी 19:30

खोलाले बगाउँदा दुईको मृत्यु

इनेप्लिज २०७२ साउन २५ गते १३:५१ मा प्रकाशित

भीमदत्तनगर, २५ साउन । खोलामा दाउरा निकाल्ने क्रममा आज बाजुरामा एक बालकको मृत्यु भएको छ ।

स्थानीय बाउली खोलामा दाउरा निकाल्ने क्रममा बडीमालिका नगरपालिका–१२ गडखेतका नौ वर्षीय ओमकार बडुवालको खोलाले बगाउँदा मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

यसैबीच खोला तर्ने क्रममा बेपत्ता बझाङ व्यासी गाविस–३ का रमेशबहादुर धामी आज मृत फेला परेका छन् । गत शनिबार सदरमुकाम चैनपुरमा श्रीमतीको स्वास्थ्योपचार गरेर फर्किँदै गरेका धामी स्थानीय थलाडीगाड खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया