पहिलोपटक लिङ्गको महलमा ‘ओ’ उल्लेख गरेर राहदानी वितरण
काठमाडौँ, २५ साउन । राहदानी विभागले पहिलोपटक लिङ्गको महलमा ‘ओ’ अर्थात् अन्य उल्लेख गरेर राहदानी वितरण गरेको छ ।
विभागले आज तेस्रोलिङ्गी मनोज शाही ‘मोनिका’लाई लिङ्गको महलमा ‘ओ’ उल्लेख एमआरपी राहदानी दिएको हो ।
विभागका महानिर्देशक लोकबहादुर थापाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी, तेस्रोलिङ्गी, दुईलिङ्गी, अन्तरलिङ्गीलाई नागरिकतामा उल्लेख गरिएको पहिचानअनुसार नै राहदानी वितरण गरेको बताउनुभयो ।
कैलाली टीकापुरकी तेस्रोलिङ्गी मोनिकाले ‘ओ’ उल्लेख गरी राहदानी पाएकामा खुसी व्यक्त गर्नुभयो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता एवम् पूर्वसभासद् सुनिलबाबु पन्तले पहिचानअनुसार राहदानी दिएर सरकारले नागरिकप्रतिको दायित्व निर्वाह गरेको बताउनुभयो ।
नीलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले लामो सङ्घर्षपछि पहिचानअनुसारको राहदानी पाउन थालेकामा गर्व महसुस भएको छ भन्नुभयो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया