काठमाडौं, २५ साउन । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाल बार एसोसिएसनका तर्फबाट न्यायपरिषद् सदस्यमा सिफारिस हुनुभएका वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
बिहीबार न्यायपरिषद् सदस्यमा सिफारिस हुुनुभएका वरिष्ठ अधिवक्ता श्रेष्ठलाई प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराउनुभएको सर्वोच्च अदालतका सहप्रवक्ता वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।
नवनियुक्त न्याय परिषद् सदस्य श्रेष्ठ २०२४ सालदेखि सक्रिय रुपमा कानुनी व्यवसायमा हुनुहुन्छ । विसं २०३८ देखि वरिष्ठ अधिवक्ता हुनुभएको उहाँ बार एसोसिएसनको पूर्वउपाध्यक्ष पनि हुनुहुन्थ्यो ।
प्रतिक्रिया