शुक्रबार, असार १७ २०७९
काठमाडौं ००:१३
वासिङटन डिसी 14:28

बाल्टिमोरमा हुन लागिरहेको साहित्यिक कार्यक्रमको निम्तो

इनेप्लिज २०७२ साउन २५ गते १२:३१ मा प्रकाशित

यस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरले निम्न मिति,समय र स्थानमा साहित्यिक कार्यक्रम आयोजना गर्न लागेको छ |
साहित्यप्रेमी एवं साहित्य अनुरागी नेपाली भाषी मित्रहरु
यस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरको तेश्रो अधिवेशन एवं साहित्यिक कार्यक्रम निम्न मिति,समय र स्थानमा हुन लागिरहेको छ |
तसर्थ नेपाली भाषी साहित्यप्रेमी एवं साहित्य,संस्कृति र भाषाप्रति चासो राख्नुहुने सबैलाई यस अधिवेशनमा सहभागी हुन अनुरोध गरिन्छ |यो अधिवेशन मार्फत च्याप्टरको नयाँ नेतृत्व समेत चयन हुनेछ |
साथै यस अवसरमा हुने कविता प्रतियोगिताका लागि आ-आफ्ना कवितासहित उपस्थित भै दिनु हुन समेत सम्बन्धित सबैलाई अनुरोध छ |
कार्यक्रम:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरको तेश्रो अधिवेशन
मिति: अगष्ट १६, २०१५ आइतवार
समय: दिनको ठीक १:०० बजेदेखि ४:०० बजेसम्म
स्थान: टाउसन पब्लिक लाइब्रेरी
320 York Rd, Towson, MD 21204
आयोजकको तर्फबाट – तीर्थ पाण्डेय, अध्यक्ष, अनेसास मेरिल्याण्ड च्याप्टर

प्रतिक्रिया