सुर्खेतमा फेरि गोली चल्यो, दुई जनाको मृत्यु

इनेप्लिज २०७२ साउन २५ गते १२:०८ मा प्रकाशित

Tikaram-gautam-650x366काठमाडौं, २५ साउन । अखण्ड मध्यपश्‍चिमको माग राख्दै सुर्खेतमा सुरु भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । ८ जना गम्भीर घाइते छन् ।

आन्दोलनका क्रममा गरिएको प्रदर्शनमा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रनगर-४ निवासी टिकाराम गौतम र यामबहादुर बिसीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिनुभयो ।

टाउको गोली लागेर ढलेका दुवैलाई उपचारका लागि लैजादै गर्दा बाटैमा ज्यान गएको हो । प्रदर्शनकारीले मध्यपश्चिम टुक्राउन भूमिका खेलेको भन्दै कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर ८ प्रदर्शनकारी गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया